भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज


१९ श्रावण २०७८, मंगलवार
devi gyawali

काठमाडौं, १९ साउन । सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ओली सरकारको बहिर्गमनसँगै एमाले नेता देवी ज्ञवाली नेतृत्वको यो आयोग खारेज गर्ने तयारी थियो । ओली सरकारले देशका सबै जिल्लामा यो आयोगको कार्यालयले खोलेर कार्यकर्ताहरूलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७