मधुप्रसाद रेग्मी शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्त


१९ श्रावण २०७८, मंगलवार
madhu prasad regmi re7Ff4KLif

काठमाडौं, १९ साउन । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । काठमाडौं महानगरपालिका–१० निवासी रेग्मी नेपाल सरकारका पूर्व सचिव हुन् ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई शिक्षक सेवा आयोगको अध्यक्ष बनाउने निर्णय लिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै सरकारले आयोगको सदस्यहरूमा काठमाडौंको कीर्तिपुरकी नन्दकुमारी महर्जन र कलंकीका डिल्लीराम रिमाललाई नियुक्त गरेको कार्कीले बताए । तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि उनीहरुको नाम सिफारिस भएको थियो । सदस्यमा नियुक्त महर्जन माध्यमिक विद्यालयमा शिक्षण गरेर सेवा निवृत्त भएकी हुन् ।

सरकारले लोक सेवाका अध्यक्ष उमेश प्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छानेर सिफारिस गर्न भनेको थियो । मैनाली नेतृत्वको समितिले सुरुमा आकांक्षीको दरखास्त र अवधारणा पत्र लिएर अध्यक्षमा ४ जना र सदस्यमा ६ जनाको सूची बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७