२०७८ साउन २० गते बुधबारको तपाईको राशिफल


२० श्रावण २०७८, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, यात्रा सफल र भेटघाटको सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पतीमा विवाद बढ्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउने छ । शुभ कार्यमा सरिक भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अरूलाई प्रभावित पारेर काम बन्ने छ । चलाखीपूर्ण बोलीले संकल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सेवा गर्ने अवसर मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । प्रेममा सफलता मिल्ला । कुनै कुराले मनमा शान्ति पनि छाउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । शुभकार्यको चर्चा चल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धर्म कर्ममा रुचि बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । स्वइच्छा भोजन पनि मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७