सत्तारुढ गठबन्धन कार्यदलले आज बुझाउला प्रतिवेदन ?


२० श्रावण २०७८, बुधबार
purna bahadur khadka team kuKQDOSK2c

काठमाडौं, २० साउन । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदललाई आजसम्म प्रतिवेदन बुझाउन समय दिइएको छ ।

आजसम्ममा प्रतिवेदन बुझाइसक्न मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले कार्यदललाई निर्देशन दिएको थियो । कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको भन्दै बुधबार कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीबार मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका थिए ।

कार्यदलले भोलि–भोलि भन्दै समय लम्ब्याउँदै गए पनि न्यूनतम साझा कार्यक्रम, आचार संहिता तथा सरकार सञ्चालन कार्यविधि तयार पार्न सकेको छैन । मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष यादव र कार्यदल संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७