अफगानिस्तानका रक्षामन्त्री निवासमा कार बम विष्फोट, चारको मृत्यु


२० श्रावण २०७८, बुधबार
afagan

काठमाडौं, २० साउन । अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल भएका छन् ।

घटना लगत्तै रक्षामन्त्री मोहमदीको परिवारलाई सकुशल उद्धार गरिएको छ । रक्षामन्त्रीको निवास परिसरमा बिस्फोट पदार्थसहतिको कार बिस्फोट भएको जनाइएको छ ।

बिस्फोटबाट दर्जनौ सवारी साधन ध्वस्त भएका छन् । सोही समय भएको गोली हानाहानमा चार आक्रमणकारी पनि मारिएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अफगानिस्तानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा जारी संघर्षकाबीच चेपुवामा परेका जनता राजधानी काबुल र लश्करगाह शहरका सडक र घरका छानामा बसेर देशमा जारी हिंसा अन्त्य गर्न भवगानलाई पुकार्न थालेका छन् । उनीहरुले एकसाथ आफना घर घरका छानामा बसी भगवानको नाम लिन थालेका छन् । अफगानिस्तानमा पछिल्लो समय आक्रमणका घटना दिनानु दिन बढ्दै गईरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७