पुजारीहरु जब भट्टी छिरे


२० श्रावण २०७८, बुधबार
chinnamasta temple

काठमाडौं, २० साउन । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक टाउको आइतबार राति चोरी भयो । जुन ६ दशकपघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मान्दिरमा चढाएका हुन् । ५ सय ग्राम चाँदीको मस्तकको नाकमा सुनको टीका र नथिया छ । भारतको न्यौर पुगेका पीठाधिश महाकान्त ठाकुरलाई उनका छोरा दीपकले फोनबाट यही महत्वपूर्ण सामान चोरी भएको जानकारी गराए ।

त्यसको खबर पाएर सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी राजेन्द्रप्रसाद धमला, सशस्त्रका एसपी राजु श्रेष्ठ घटनास्थल पुगे । मस्तक भारत पुर्‍याउन सक्ने आंकलन गर्दै सीमा क्षेत्र सिल गरियो । व्यापक रुपमा प्रहरी परिचालन भए । स्थानीयदेखि जनप्रतिनिधि हुँदै प्रहरी, प्रशासनका अधिकारी तनावमा परे ।

तर, सोमबार बिहान विष्णुपुर गाउँपालिका ५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले ठूली आमालाई कोठामा लगेर देवीको मस्तक देखाए । घर परिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे । वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादबलाई दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७