सानिमा लाइफको ६० करोडको आईपीओ आजबाट बिक्री खुल्यो


२० श्रावण २०७८, बुधबार
IPO

काठमाडौं, २० साउन । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामुहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनी अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । हाल १ अर्ब ४० करोड पुँजी रहेको कम्पनीको आईपीओ पछि चुक्ता पुँजी २ अर्ब पुग्नेछ । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बि’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७