आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


२० श्रावण २०७८, बुधबार
badhi 1

काठमाडौं, २० साउन । नेपालमा अहिले मनसुन सक्रिय रहेको छ । आज (बुधबार) सुदूरपश्चिम बाहेक देशका ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

बर्षाका कारण आज महाकाली, नारायणी र कोशीका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ । विशेष गरी तमोर, लिखु, खिम्ति, सुनकोसी, अरुण, कालीगण्डकी, बूढीगण्डकीमा बहाव बढ्ने पूर्वानुमान छ ।

वागमती, कमला र पूर्वी राप्तीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, स्याङ्जा, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत, दार्चुला, बैतडी, डडेलधुरा, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

a734aca1 49e1 414d b165 83fa7ed8e1fa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७