टोखामा आज ३० वर्षमाथिका व्यक्तिलाई खोप लगाइँदै


२० श्रावण २०७८, बुधबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, २० साउन । टोखा नगरपालिकामा आज (बिहीबार) ३० वर्षमाथिका व्यक्तिहरूलाई कोभिड–१९ विरूद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाइँदैछ ।

टोखा चण्डेश्वरी अस्पताल, तिलिङटार मावि र मनोहर माविका तीन केन्द्रबाट खोप लगाइने नगरपालिकाले जनाएको छ । तीन स्थानहरूमा बिहान ८ बजेदेखि ३० वर्षमाथिको नागरिकता वा उमेर खुल्ने सरकारी परिचयपत्रको आधारमा कुपन दिइनेछ । एक व्यक्तिलाई एउटा मात्र कुपन दिइने जनाइएको छ ।

खोप लगाउनको लागि ३० वर्षमाथिको उमेर खुल्ने कागजात र अनिवार्य रूपमा अनलाइन दर्ता गरी आठ अंकको दर्ता नम्बर लिएर जानुपर्नेछ । आज प्रत्येक केन्द्रमा ७०० का दरले दुई हजार एक सय खोप लगाइने नगरपालिकाले जनाएको छ ।

49ebcfcc 816b 4372 b2e1 507c93868239

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७