श्रीमती हत्या आरोपमा काठमाडौंमा एक जना पक्राउ


२० श्रावण २०७८, बुधबार
pakrau
फाइल फोटो

काठमाडौं, २० साउन । श्रीमतीको हत्या आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिका–१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–२ सातबिसेका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७