सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोख्यो : शंकर पोखरेल


२० श्रावण २०७८, बुधबार
shankar pokhrel 1

काठमाडौं, २० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर लाचारीपन देखाएको आरोप लगाएका छन् ।

पाखेरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन भएको बताएका हुन् ।

मंगलबार सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेपछि पोखरेलको यस्तो भनाइ आएको हो । उनले गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७