बुढानिलकण्ठमा कांग्रेस शीर्ष नेताको वैठक, क्रियाशील सदस्यता विवादबारे छलफल


२० श्रावण २०७८, बुधबार
congress

काठमाडौं, २० साउन । सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक आज (बुधबार) बस्दै छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने जनाइएको छ ।

साउन १४ गते बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको थियो । पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जिम्मेवारी दिएको एक दिनपछि बसेको शीर्ष नेताहरुको बैठकले मापदण्ड बनाएर क्रियाशील सदस्यता विवाद टुंग्याउने निष्कर्ष निकालेको थियो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखक र डा. मिनेन्द्र रिजाल सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७