सांसद भट्टराईको कटाक्ष : एउटै घटनाले ‘परालखुट्टे’ सरकारको हैसियत देखियो

ओलीले तुइन हटाउन नसकेकोप्रति गरे बचाऊ


२० श्रावण २०७८, बुधबार
Khimlal Bhattrai

काठमाडौं, २० साउन । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दार्चुलाको एउटै घटनाले सरकारको कमजोर धरातल उदाङ्गिएको भन्दै कटाक्ष गरेका छन् ।

राष्ट्रियसभाको आज (बुधबार) को बैठकमा बोल्दै भट्टराईले दार्चुलामा जयसिंह धामी एसएसबीले डोरी काटिदिएका कारण महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको आरोप लगाए । ‘जयसिंह धामी एसएसबीले डोरी काटिदिंदा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । देखि–जान्नेले यही भनेका छन्’, भट्टराईले भने, ‘सरकार किन खुट्टा कमाउँदै छ ? भारतीय पक्षसँग वार्ता गर्नु पर्दैन ? भारतीय राजदूतलाई बोलाएर सोध्नु पर्दैन ?’

उनले एसएसबीका जवानलाई कारबाही गराउन समेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताए । ‘एउटै घटनाले परमादेश सरकारको पराल खुट्टा देखिएको छ’, भट्टराईले भने । उनले केपी शर्मा ओलीले तुइन हटाउने नीति लिए पनि सीमा क्षेत्रको निर्माणमा भारतको पनि सहमति चाहिने हुँदा ढिला भएको भन्दै ओली सरकारको भने बचाउ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७