६ लाखसहित डल्लुबाट २१ जुवाडे पक्राउ


२० श्रावण २०७८, बुधबार
juwa

काठमाडौं, २० साउन । काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा २१ जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं टंकेश्वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठलगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखरसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७