अर्को उपयुक्त जिम्मेवारी दिइए राजीनामा दिन तयार छु : हितेन्द्रदेव शाक्य

‘विकल्प दिए अदालत जान्नँ, अन्याय भए त जानै पर्छ’


२० श्रावण २०७८, बुधबार
Hitendradev Shakya

काठमाडौं, २० साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि उनले बताएका छन् ।

प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो । उनले सरकारबाट राजीनामाका लागि कुनै निर्देशन वा अनुरोध नआएको दाबी पनि गरे ।

‘राजीनामा गर्न निर्देशन वा अनुरोध आएको छैन । तर, सरकारले जे जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी लिन तयार छु । सरकारले दोष देखाएर होइन, अर्को ठाउँमा तपाईंको आवश्यकता छ भनेर लैजान्छ भने त्यहाँ जान तयार छु’ बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

‘विकल्प दिए अदालत जान्नँ । अन्याय भए त अदालत जानै पर्छ । मलाई यो चाहिन्छ भन्ने छैन । सरकारसँग थुप्रै विकल्प छन्’ उनले थपे, ‘मेलै गर्न सक्ने काम प्राधिकरणमा गरेको छु । आफ्नो काममा सन्तुष्ट छु ।’ मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्रीलाई शाक्यको राजीनामा माग्न निर्देशन दिएको सार्वजनिक भएको थियो । सरकारले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी गरेको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७