पूर्व प्रधानमन्त्री खनालको मिर्गाैला प्रत्यारोपण सफल


२० श्रावण २०७८, बुधबार
jhalanath khanal 4dSDvOrUAs

काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको आज (बुधबार) मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् । प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनले जनाएका छन् ।

‘केही समययता भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. अखिल मिश्रको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ज्यूको उपचार भइरहेको थियो । आज सर्जन सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्व प्रधानमन्त्री ज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ’, भट्टराईले फेसबुकमा लेखेका छन् । केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७