दुई किलो सुनसहित तीन भारतीय नागरिक पक्राउ, चाँदीको जलप लगाएर तस्करी


२० श्रावण २०७८, बुधबार
sun chor e3HmGvdTUQ

काठमाडौं, २० साउन । प्रहरीले झण्डै दुई किलो सुनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थानका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद छन् । महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले सुनको बिस्कुटमा चाँदीको जलप लगाई तस्करी गर्दै थिए । उनीहरूबाट प्रहरीले एक किलो आठ सय ६६ ग्राम सुन बरामद गरेको छ । चाँदीको जलप लगाइएको सुन घोटेर परीक्षण गर्दा मात्रै खुलेको थियो ।

अनुसन्धानमा संलग्न महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने, ‘सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको छ । चाँदीको जलप लगाई उनीहरूले तस्कारी गर्न लागेको खुलेको छ । भारतीय नागरिक पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७