पारस खड्का राजनीतिमा ! {भिडियो}


२० श्रावण २०७८, बुधबार
parash khadka
फाइल फोटो

काठमाडौं, २० साउन । अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अवसर आए राजनीतिमा आउने बताएका छन् । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफु क्रिकेटमा नटाढिने बताउँदै भुमिकामात्र बदलिने बताएको हो ।

पत्रकारहरूले राजनीतिमा आउनेबारे जिज्ञासामा उनले भने,‘अवसर आउँछ भने म पछि हट्दिनँ, सही अवसर आए म त्यसबारे सोच्नेछु। मेरो सहभागिताले कस्तो असर पार्न सक्छ भन्ने हिसाबले मैले जहिल्यै आफूलाई तुलना गरेको छु। यदि म कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले ‘भ्यालु एडु गर्न सकेँ भने म तयार हुनेछु ।’

राजनीतिमा आउनुअघि क्रिकेट व्यवस्थापनलाई कुनै ठाउँमा र्पुयाउन चाहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय खेल जीवन सकिएपछि व्यवस्थापनमा आऊँला वा पदाधिकारीमा आऊँला, कोषाध्यक्ष होऊँला वा अध्यक्ष होऊँला । तर ममात्र भएर हुन्न अहिलेको स्टक होल्डरहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्नेछु, त्यो बाटो कठिन पनि छ। सजिलो पनि छ’ उनले भने ।

क्रिकेट व्यवस्थापनमा आउने निर्णयलाई करियरको शुरुवात मानेका पारस क्रिकेट संघको पदाधिकारी वा कोषाध्यक्ष वा अध्यक्ष हुँदैमा सबथोक नहुने बताउँछन् । ‘पारस खड्का क्यानमा आउनुपर्छ’, ‘पारस खड्का आयो भने यो गर्छ’ भन्ने मानिसहरुमा रहेको भन्दै उनले आफ्नो कारण मात्र नेपाली क्रिकेट यहाँसम्म नआएको बताए ।

उनले क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने बताए । उनले भने, ‘म लगायत धेरै खेलाडी छन, मभन्दा अगाडिका खेलाडीहरु पनि छन, क्रिकेटका अरु स्टेकहोल्डरहरु पनि छन । आगामी दिनमा साँच्चै व्यवस्थित गर्न मेरो अनुभव र ज्ञानले मद्दत गर्छ भने त्यो भूमिका लिन नयाँ बाटो रोजेको छु । जो हुनुहुन्छ, उहाँहरुलाई मिलेर काम गर्नुपर्छ । जसरी खेलाडी र प्रशिक्षकले आफ्नो जिम्मेवारी निभाएका छन, अरुले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ । केन्द्रको बजेट ताक्ने प्रवृत्तिका कारण प्रभावकारी काम हुन नसकेको भन्दै उनले भने, ‘भएका स्टेकहोल्डरहरुलाई अझ जिम्मेवार बनाउनुपर्छ र मेरिट बेसमा काम गर्नुपर्छ ।’

त्यस्तै पारसले कप्तान र खेलाडीको रुपमा आफुले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको जिकिर गरे । पारसले आफुले क्रिकेटरको रुपमा हासिल गरेका ठुलो सफलता दर्शकको माया र इजजत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुय्राउनु आफु कर्तव्य भएकोे बताए ।

मंगलबार पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेकोे थियो । पूर्व कप्तान पारसले दुई वर्षअघि नै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेको थियो । नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७