१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए


२१ श्रावण २०७८, बिहीबार
sab 2

काठमाडौं, २१ साउन । वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृत्यु भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यो संख्यामा अघिल्लो वर्ष (२०७६/७७) मृत्यु भएका पनि केही जोडिएको हुन सक्छ, बोर्डका कर्मचारी आशिष भण्डारीले भने, कोरोना महामारीका कारण अघिल्लो कतिपय शव गत वर्ष घर पुर्याइएको हुनसक्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा ६ सय ७१ श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७५७६ मा सात सय ६३ श्रमिकको विदेशमा मृत्यु भएको बोर्डले जनाएको छ ।

हालसम्मको तथ्याकं अनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार एक सय नेपालीको निधन भएको छ । साउदी अरेबियामा दुई हजार पाँच सय, कतारमा एक हजार आठ सय, संयुक्त अरब इमिरेट्समा नौ सय, कुवेतमा साढे तीन सय, बहराइनमा एक सय ३१, दक्षिण कोरियामा एक सय ४२ र ओमानमा ६६ जना श्रमिकको मृत्यु भएके बोर्डको तथ्याकं छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७