जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप शनिबार काठमाडौमा आइपुग्ने


२१ श्रावण २०७८, बिहीबार
korona

काठमाडौं, २१ साउन । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सी शनिबार र आइतवार काठमाडौ ल्याइने भएको छ ।

भोलि र पर्सी जापानबाट ती खोप ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनमा ८ लाख डोज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधामार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे । भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ । कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७