ट्याक्टर दुर्घटनामा चालकको गयो ज्यान


२१ श्रावण २०७८, बिहीबार
acci

गुल्मी, २१ साउन । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७