लगातारको वर्षाले तुम्कोट गाउँमा पहिरो, होटेल बग्यो


२१ श्रावण २०७८, बिहीबार
pahiro besinada ghau sangkhuwasava

हुम्ला, २१ साउन । केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिंचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट गाउँमा नजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो ।

वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षत विक्षत बनाएको छ । पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गा समेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामा जानकारी दिए । उनका अनुसार धेरै समय अगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन । एक्कासी ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइप समेत बगाउँदा खानेपानीको समस्या भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटल समेत बाढी पहिरोले बगाएको स्थानीयवासी लेण्डो मिग्युर लामा बताए । खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताए । गाउँनै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजक छेपाल दोर्जे लामाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७