गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विजुली दिन्छौं : उर्जामन्त्री


२१ श्रावण २०७८, बिहीबार

काठमाडौं, २१ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विजुली उपयोग गर्न दिइने बताएकी छिन् ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी आफूले तयारी अगाडी बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने नीति अख्तियार गर्न लागेको उनले बताइन् ।

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पु¥याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिंचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् ।

सिंचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् । मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७