भूमि आयोग खारेजीविरुद्ध भूमिहीन सुकुम्बासी संगठनको आन्दोलन घोषणा


२१ श्रावण २०७८, बिहीबार
Shanta Chaudhary

काठमाडौं, २१ साउन । नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले आज (बिहीबार) एक प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनको जग्गा प्राप्ति गर्ने मौलिक अधिकार खोस्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

पूर्व कमलरी चौधरी एमाले संसदीय दलको सचेतक पनि हुन् । उनले परमादेशद्वारा गठित सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौं भूमिहीन सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको आरोप लगाएकी छन् ।

भूमिहीन सुकुम्बासी संगठनले विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तिहरूमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र साउन २४ गते सबै जिल्लामा विरोधसभा गर्ने भएको छ । आन्दोलनका अरु कार्यक्रम त्यसपछि तय हुने बताइएको छ ।

shanta chaudhary WA0nmGTp2g

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७