बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा पक्राउ


२१ श्रावण २०७८, बिहीबार
pakrau
फाइल फोटो

काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिका–६, बौद्ध, टुसालस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नारायणटार बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१, भोटेचौर घर भएका ३४ वर्षीय विनोद चौलागाईं छन् । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

राति करिब साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७