लाखौं लिएर प्रहरी जवान पदको परीक्षा लेखिदिने ६ नक्कली परीक्षार्थी पक्राउ


२१ श्रावण २०७८, बिहीबार
kdfmkdgm1628148248

मोरङ, २१ साउन । मोरङस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटाको साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटाकै सहिदभूमि गाउँपालिका–३ बस्ने २१ वर्षीय खपाङ राई छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनी संगम राईबाट नगद एक लाख १८ हजार रुपैयाँ, सागर राईबाट एक लाख १८ हजार र सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७