नेप्सेमा दोहोरो अंकको गिरावट, १४ अर्बको कारोबार


२१ श्रावण २०७८, बिहीबार
Nepal Stock

काठमाडौं, २१ साउन । आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो ।

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।

यद्यपि, अधिकतम १६ अंकले खस्किएको बजारमा कारोबार रकम भने यस दिन पनि १४ अर्ब माथि रहेको छ । नेप्सेका अनुसार आज कूल २२६ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ । गत बुधबार १२.०५ अंकले बढेर नेप्से हालसम्मकै उच्च ३१ सय २३.१४ विन्दुमा पुगेको दिन १५ अर्ब ५९ करोड ५७ लाखको कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७