लुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा साउन २७ गते छलफल


२१ श्रावण २०७८, बिहीबार
am

रुपन्देही, २१ साउन । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो । शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

हेर्नुहोस् पत्र

lumbini

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७