सम्मानजनक हैसियत बिना ओलीसँग मिसिनु ‘राजनीतिक आत्महत्या’ : माधव नेपाल

वैठकमा ७३ केन्द्रीय सदस्य सहभागी


२१ श्रावण २०७८, बिहीबार
madhav nepal

काठमाडौं, २१ साउन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताका विपक्षमा कहिल्यै नरहेको बताएका छन् । आज (बिहीबार) आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।
नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट जिकिर गरे ।
‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियत बिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाइ थियो, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’
उनले भने, ‘त्यसकारण सोच विचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ नेपाल नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘पार्टी मैले बनाएको हुँ । एजेण्डामा हामीले जितेका छौं । केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ ।’
बैठकको अध्यक्षता गर्दै नेता नेपालले एजेण्डामा आफूहरुले केपी ओलीलाई जितेको बताएका थिए । केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीसँग लत्रिएर जानु आवश्यक नभएको बताएका थिए । उनले पनि समान हैसियतमा सहमति हुनुपर्ने धारणा राखेका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरुले एकताका लागि हतार गर्न नहुने, ओलीसँग लत्रिन नहुने बताएका थिए । उनीहरुले अहिले ओलीलाई विगतमा गल्ती गरेको महसुस भएको र उनलाई एकता चाहिएको बताएका थिए । उनीहरुले आन्दोलनका उपलब्धि रक्षा गर्न भन्दै नेता नेपाललाई दबाब दिएका छन् ।
शुक्रबारसम्म चल्ने बैठकमा सहभागीहरुलाई ३/३ मिनेट बोल्नका लागि समय छुट्याइएको छ । बिहीबारको बैठकमा ७३ जनाले हस्ताक्षार गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७