दलविहीन महन्थ पक्षको तराईका पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला


२२ श्रावण २०७८, शुक्रबार
mahantha rajendra

काठमाडौं, २२ साउन । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएका जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले आज (शुक्रबार) तराईका पाँच अगुवा कार्यकर्ता भेला आयोजना गर्दैछ ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाए पछि ठाकुर पक्षले विस्तारित बैठक आयोजना गर्न थालेको छ । आज सप्तरी, सिरहा, बारा, महोत्तरी र दाङमा आज विस्तारित बैठक बोलाइएको छ । विस्तारित बैठकलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

नयाँ पार्टी गठनको तयारीस्वरुप ठाकुर पक्षले पार्टीका अगुवा कार्यकर्ताको उपस्थितिमा जिल्लाजिल्लामा पार्टीको बिस्तारित बैठक (भेला) गर्न लागेको हो । सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्ने भएका छन् ।

सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन तथा महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले सम्बोधन गर्ने छन् । बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७