कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै


२२ श्रावण २०७८, शुक्रबार
deuwa 3

काठमाडौं, २२ साउन । सत्तारुढ गठबन्धनको कार्यदलले आज (शुक्रबार) सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो ।

कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठका अनुसार विहान साढे ९ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागिएको छ । सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारिएको उनको भनाइ छ । उनका अनुसार गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतलाई पनि परामर्श लिएर प्रतिवेदन तयार पारिएको हो ।

प्रधानमन्त्रीलाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ । प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि प्रतिवेदन बुझाइने श्रेष्ठले बताए । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले दुई साता लगाएर गठबन्धन सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गरेको कार्यदलका एक सदस्यले बताए ।

सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले जनाएको छ । कार्यदललमा कांग्रेसबाट संयोजक खड्कासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७