भुटानबाट आइपुग्यो तीन लाख डोज एस्ट्राजेनिका खोप

ज्येष्ठ नागरिकलाई लगाइने


२२ श्रावण २०७८, शुक्रबार
Druk Air flight image16282268191628230731

काठमाडौं, २२ साउन । भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । ड्रुक एयरलाइन्सको जहाजले आज (शुक्रबार) बिहान खोप नेपाल ल्याएको हो ।

भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो । ७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो । नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७