जयसिंह धामी बेपत्ता प्रकरण : छानविन टाेली हेलिकोप्टरबाट घटनास्थल मालघाट पुग्याे


२२ श्रावण २०७८, शुक्रबार
Darchula Ghatna Helicopter

दार्चुला, २२ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल घटनास्थल मालघाट पुगेको सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यसतर्फ प्रस्थान गरेको हो ।

समितिले व्यास गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण तथा पीडित परिवारसँग छलफल गर्ने जनाइएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानविन समिति गत मङ्गलबारदेखि यहाँ रहेको छ ।

mahakali tuin js dhami FF1hqX3wBe

यही साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएपछि घटनाले चर्चा पाएको थियो ।

छानविन समितिमा सहसचिव गौतम सहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन् ।

सो समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो । अहिलेसम्म धामीको शव भेटिएको छैन ।
आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्त्येष्टि गरिसकेका छन् । पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७