एमाले बैठकमा उपाध्यक्ष वामदेव गौतमको तीन प्रस्तावसहित फरक दस्तावेज


२२ श्रावण २०७८, शुक्रबार
Bamdev Gautam

काठमाडौं, २२ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका छन् । आज (शुक्रबार) बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका हुन् ।
छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्तावसहितको दस्तावेज बैठकमा पेश गरेका हुन् ।

पहिलो प्रस्ताव
संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ । र व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

दोस्रो प्रस्ताव
पार्टी कार्यक्रमका सम्बन्धमा अहिले पनि पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम ।

तेस्रो प्रस्ताव
पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रुपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने ।

गौतमको नयाँ दस्तावेज अनुसार उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७