गोर्खाज फाइनान्सको २५ औं शाखा हेटौडामा


२२ श्रावण २०७८, शुक्रबार
gorkhas finance ltd.

काठमाडौँ, २२ साउन ।  गोर्खाज फाइनान्स लिमिटेडको नयाँ शाखा हेटौडामा खुलेको छ । फाइनान्सले आफ्नो शाखा विस्तार गर्ने क्रममा  प्रदेश  नं. ३ को राजधानी हेटौडाको हेटौडा उ.म.न.पा वडा नं. ४ मा शुक्रवार आफ्नो २५ औँ शाखा खुलेको हो । 

शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण राज सुमार्गी र फाईनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रूपमा उद्घाटन गरेको बजार प्रमुख सुनिता राईले जानकारी दिइन् ।  कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी लालबहादुर थिङ्ले फाईनान्सको बारेमा जानकारी दिएकाे उनले बताइन् ।

फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स सेवा दिँदै आएको छ ।

हालसम्म फाईनान्सले मुख्य कार्यालय सहित २४ वटा शाखा कार्यालयहरू रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरी देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७