अब प्रभु बैंकमा मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालन


२२ श्रावण २०७८, शुक्रबार
prabhu bank

काठमाडौं, २० साउन । प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै योजना रहेको बैंकको जनाएको छ ।

मेसिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं। टाइप गर्ना साथै उक्त मेसिनमा रकम जम्मा÷राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्टरभौचर प्रिन्ट हुन्छ ।

साथै, उक्त मेसिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि। बाट सञ्चालनमा ल्र्याईएको मेसिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्सेसँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइने बैंकले जनाएको छ ।

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहकलाई समयको बचत हुने, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७