रियलमी बने सँसारको छिटो दश करोड स्मार्टफोन विक्री गर्ने ब्राण्ड


२२ श्रावण २०७८, शुक्रबार
Realme 5 2

काठमाडौँ, २२ साउन । रियलमी सँसारको छिटो दश करोड स्मार्टफोन विक्री गर्ने ब्राण्ड बनेको छ । विश्वमा उदयमान प्रविधि कम्पनीका रुपमा देखिएको रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल भएको हो ।
२०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको छ भने स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियमली भएको देखाएको छ ।

२०१८ अगस्टमा स्थापना भएको रियलमीलाई यो उपलब्धि हासिल गर्न मात्र तीन वर्ष लागेको हो । वार्षिक १४९ प्रतिशत वृद्धिदरका साथ २०२१ को दोस्रो क्वाटरमा विश्वमा स्मार्टफोन बजार विस्तारमा रियलमीले नेतृत्वदायी भूमिका बनाए ।

यस्तै काउन्टरपोइन्टको रिपोर्ट अनुसार भारतमा छोटो समयमा ५ करोड स्मार्टफोन विक्री गरेको छ । भारतमा २०२१ को दोस्रो क्वाटरमा ५जी स्मार्टफोन बजार तीव्र विस्तारको नेतृत्व गर्दै २२ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

अन्तरराष्ट्रिय तथ्यांक
२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तराष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ । ५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

image


विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको छ । ३ वर्ष अघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौँथौँ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोन भित्र रहेको छ । १० करोड माइलस्टोनका साथ विश्वमा शानदार उपस्थित जनाएको रियलमी उदयीमान नवीनतम् ब्राण्ड हो, किनकी हरेक क्षेत्रमा यसले आफ्नो अगाडि ‘नेतृत्वकर्ता’ वा ब्राण्डमा ‘पहिलो’ थपेको छ । यसअघि नै १२५ वाटको अल्टा«डार्ट चार्जिङ प्रविधि पहिलोपटक प्रयोग गर्ने र क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरलाई पहिलोपटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ । यो फोन ६४ मेगापिक्सल क्यामेरासँग आउँछ । अभm रियलमी छन् फोन नेरु.२४००० भन्दा कम मुल्यमा बेच्ने कम्पनी हो ।

विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्राण्ड निर्माण गरिरहेको छ, ‘हाम्रा प्रतिस्पर्धी ग्रुपसँग प्रतिस्पर्धाको साहस दिँदै हामीसँग जोडिएका हाम्रा उपभोक्ता र कर्मचारीले हामीलाई चुनौतीदेखि उन्नतिसम्मको हौसला दिँदै ट्रेन्डसेटिङ ब्राण्ड बन्न उत्प्ररेणा दिनुभएको छ,’ कम्पनीका सिईओ स्काई लिले भने ।

‘बितेका ३ वर्षमा औद्योगिक भावनाका साथ एउटा उचाई चुम्न रियलमीले अदम्य वृद्धि गरेको छ,’ लीले भने, ‘हामीलाई साथ दिने उपभोक्ताप्रति हामी आभारी छौँ, १० करोड मोबाइल फोन ढुवानी गर्ने हाम्रो लक्ष्यमा हामी पुगेका छौँ ।’ स्मार्टफोन बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै उनले विश्वमा आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा प्रिमियम रेन्जका मोबाइल फोन उपलब्ध गराउने प्रतिवद्ध जाहेर गरे ।
लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन विक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने दाबी गरे ।

प्राप्त उपलब्धिमाथि आफ्नो धारणा राख्दै रियमलीका उपाध्यक्ष तथा भारत तथा युरोपका लागि सीईओ माधव शेठले भने, ‘चुनौतीदेखि उन्नतिसम्मको नाराका साथ रियमली सँधैँ नम्बर वान ब्राण्ड बन्ने लक्ष्य राख्दछ, यसमा हाम्रा उपभोक्ताहरुले एक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आजका दिनमा रियमली संसारभर तिव्र १० करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन कम्पनी बनेको छ, हामी सँधैँ हाम्रा उपभोक्तालाई उत्कृष्ट सेवा दिनेमा प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

यी उपलब्धि हासिल गर्न कम्पनीले व्यापक उत्पादन विकास रणनीति लिएको छ, जसलाई २ तरिकाले विस्तार गर्ने योजना कम्पनीको छ । हालै फ्लागशिप जीटी सिरिजलाई फ्लागशिप किलरमा रुपान्तरण गर्दै रियलमीले मध्यम देखी उच्च वर्गलाई लक्ष्।ित गर्दै उत्तर युरोप तथा चीनमा पठाएको छ । यसैगरी कम्पनी आगामी ५ वर्षभित्र विश्वमा प्रविधि प्रयोगकर्ताका लागि पूर्ण एआईओटी ब्राण्ड उपलब्ध गराउने रणनीति समेत लिएर अघि बढेको छ । १+५+T रणनीति (जहाँ १ भनेको मोबाइल फोन, ५ भनेको वाइरलेस स्टेरियो एयरफोन, वेरबल, टीभी, ट्याब्लेट, ल्यापटप र टी भनेको एआईओटीको टेकलाइफ हो) अनुसार कम्पनी अघि बढेको छ । रियलमी आफ्नो उपभोक्तामाझ टेक्नोलोजीले सुधारिएकोे जीवनशैली किफायती मूल्यमा प्रदान गर्छ ।

के हाे रियलमी ?

रियलमी अत्याधुनिक प्रविधि क्षेत्रमा नयाँ ट्रेण्डको रुपमा उदाएको ब्राण्ड हो जसले उच्च गुणस्तरका मोबाईल फोनहरुको उत्पादन गरिरहेका छन् । यो रियलमी ब्राण्ड विधिवत रुपमा सन् २०१८ को मे ४ तारिखमा यसका संस्थापकद्धय स्काई लि र माधव शेठले भारतमा स्थापना गरेका थिए । यसका टोलीमा स्मार्ट फोन उद्योगमा व्यापक अनुभव रहेका युवा जनशक्ति समूह रहेका छन् । रियलमीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई अत्याधुनिक ट्रेण्ड सेटिङ्ग डिजाइन तथा आर्टिफिसियल ईन्टरनेटमा थप फिचरहरु प्रदान गरी स्मार्ट प्रयोगकर्तासम्म पु¥याउने बताएको छ ।

रियलमीले साधारण, मध्यम र विशिष्ट फ्ल्यागसिप वर्गमा आफ्ना मोबाइलहरु उत्पादन गरिरहेका छन् । यसमा भारतको पहिलो ५ जी स्मार्ट फोन रियलमी एक्स ५० प्रो ५ जी समेत रहेका छन् । रियलमीले हालसालै भारतमा पहिलो मिडियाटेक डाईमेन्सिटी ८०० यू सहित रियलमी ८ सिरिज, रियलमी ८ प्रो बजारमा ल्याएको छ । यसमा १०८ एमपी इन्फिनिटी क्वाड क्यामेराले सुसज्जीत छन् । रियलमी ८ मा सुपर अल्मोइड डिस्प्ले तथा रियलमी ८ जी मिडियाटेक डाईमेन्सिटी ७०० ५जी प्रोसेसर सहित भारतको पहिलो स्मार्ट फोन बनेको छ । रियलमी एक्स ७ म्याक्स् ५जी डाइमेन्सिटी १२०० ५ जी का साथ भारतको पहिलो स्मार्ट फोन हो । रियलमी एक्स ७ प्रो ५जी, रियलमी एक्स ७ ५जी, नार्जो ३० सिरीज रियलमी नार्जो ३० ५जी का साथ रियलमी नार्जो ३० ४जी ; नार्जो ३० प्रो ५ जी सबैभन्दा शक्तिशाली ५जी गेमिङ्ग मिडरेन्जर तथा रियलमी नार्जो ३० ए, पावरफूल बजेट गेमिङ्ग रहेका छन् ।

रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट ४ जी फ्ल्यागसिपहरु रियलमी एक्स ३ र एक्स ३ सुपरजुम, इन्ट्री लेभल भ्यालु किङ्ग रियलमी सी ११, रियलमी सी १२ तथा रियलमी सी १५ रहेका छन् । यसका ६४ एमपी क्वाड क्यामेरा फोन – रियलमी ७ आई रियलमी ७ विश्वको पहिलो हेलियो जी ९५ प्रोसेसर तथा ६४ एम पी क्वाड क्यामेरा भएको सबैभन्दा छिटो चार्ज हुने ६४ एम पी फल्यागसिप रियलमी ७ प्रो टेक्नोलोजीमा चासो राख्ने युवाहरुलाई लक्षित गरी उत्पादन गरेका छन् । यसै रणनिति अन्तर्गत रियलमीले सन् २०२० मा युवाहरुलाई लक्षित गरी ग्ल्क्ष् क्mबचत ब्क्ष्यत् रणनिती लिएको छ ।

पछिल्लो पटक रियलमी वाच एस सिरिज, रियलमी स्मार्ट टिभी, रियलमी ब्याण्ड, रियलमी बड्स वायरलेस २, रियलमी बड्स वायरलेस २ नियो, रियलमी वाच २ , रियलमी वाच २ प्रो, रियलमी बड्स एअर नियो, रियलमी बड्स क्यू, रियलमी बड्स एअर प्रो, रियलमी बड्स एअर २ सबैभन्दा किफायती एएनसी का साथ रियलमी एड्भान्चर व्याकप्याक, रियलमी ३० डब्लु डाई चार्ज पावर ब्याङ्क, रियलमी एम १ सोनिक इलेक्ट्रिक टुथब्रस, रियलमी एड्भान्चर लगेज, रियलमी टोट ब्याग २.०, रियलमी मोशन एक्टिभेटेड नाइट लाइट, रियलमी गेमिङ एसेसोरिज किट, रियलमी दारी ट्रिमर सिरिज रियलमी हेएर ड्राएर तथा रियलमी यूआई २.० रहेका छन् ।

सन् २०२१ को दोस्रो त्रैमासिक विवरणमा रियलमी भारतको टप ५जी स्मार्टफोन रहेको छ । साथै यो ब्राण्ड भारतमा ५ करोड उपभोक्ता समक्ष द्रुत गतिमा पुगेको पहिलो ब्राण्ड बनेको छ । काउन्टरपोइन्टका रिलायवल रिपोर्ट २ रिसर्चका अनुसार रियलमी टी डब्लु एस मार्केटमा पहिलो ब्राण्डको रुपमा रहेको छ यसमा बड्स एअर नियो तथा बड्स क्यू रहेको छ । टेक आर्क द्धारा रियलमीलाई सबैभन्दा कम मर्मत खर्च भएको तथा ग्राहकहरुले सबै भन्दा बढी रुचाइएको नम्बर १ ब्राण्ड घोषित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७