पूर्वी लद्दाखमा भारत र चीनबीचको तनाव अन्त्य : दुवै देशका सेना पछि हटे


२३ श्रावण २०७८, शनिबार
17ladakh troops
ANI_20200617153

काठमाडौं, २३ साउन । भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ । गत ३१ जुलाईमा दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औं दौरको कोर कमान्डरस्तरको वार्तामा यस क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।

भारतीय सेनाले यस घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा बनाइएको अस्थायी ढाँचा भत्काइएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षको बीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा पछि हट्ने मुद्दाको समाधानमा गहिरो विचार विमर्श भएको थियो । यसपछि दुवै पक्ष गोगरा क्षेत्रबाट पछि हट्न तयार भएका छन् । यस क्षेत्रमा गत वर्षको मे महिनादेखि दुई देशका सेना आमनेसामने थिए ।

यस सम्झौता अन्तर्गत दुवै पक्षले चरणबद्ध र समन्वित ढङ्गले यस क्षेत्रमा अग्रिम तैनाथी बन्द गरेका छन् । पछि हट्ने प्रक्रियालाई ४ र ५ अगस्तमा पुरा गरिएको थियो । अहिले दुवै पक्षका सेना आ–आफ्नो स्थायी ठेगानामा फर्किएका छन् ।

योसँगै दुवै पक्षले उक्त क्षेत्रमा बनाएको सबै अस्थायी ढाँचा र अन्य सहयोगी भौतिक संरचना भत्काएका छन् । यहाँ तनावअघिको स्थितिमा फर्किएका छन् । विज्ञप्तिमा यस क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोललाई कडारुपमा निरीक्षण र सम्मान गरिने बताइएको छ ।

कमान्डर लेभलमा भएको यो छलफल गत जुलाई १४ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच शंघाई कोअपरेशन अर्गनाइजेसन सम्मेलनका दौरान भएको वार्तापछि सम्भव भएको हो । दुई विदेशमन्त्रीबीच त्यतिबेला एक घण्टा छलफल गरेका थिए । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७