कोरोना जोखिम : सबै परीक्षा स्थगित गर्न सिफारिस, विद्यार्थी अन्योलमा


२३ श्रावण २०७८, शनिबार

काठमाडौं, २३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरिएको स्वास्थय राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

मुख्यतः निकट भविष्यमा कक्षा १२ सहित स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरिएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले जोखिमको अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।

उनले कोभिड १९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील भएर सो निर्णय गरिएको बताए । स्वास्थ्य मन्त्रालयले पटक पटक जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन नभएको भन्दै प्रश्न उठाउने गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्दै मास्कको समुचित प्रयोग अनिवार्य भएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७