बालालु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी, अझै नियन्त्रणमा आएन


२३ श्रावण २०७८, शनिबार
nebico biscuit fire 2 4OFwZNA33d

काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रमा गए रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट कारखानामा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

शुक्रबार राति २ बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७