जब १० हजार १९ को मृत्यु मात्र तथ्याङ्क बन्छ…


२३ श्रावण २०७८, शनिबार
korona bagmati

काठमाडौं, २३ साउन । गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

त्यति बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछिका १५ महिनामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । चिकित्सक र जनस्वास्थ्य विज्ञ समयमै यथेष्ट तयारी हुन सकेको भए मृत्यु संख्या कम गर्न सकिने ठान्छन् । कतिपय विज्ञ मृतकको तथ्यांक देखाइए भन्दा अझ बढी रहेको दाबी गर्छन् ।

नेपालमा पहिलो पटक २०७६ माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको झण्डै डेढ वर्षमा अर्थात् शुक्रबारसम्म ७ लाख १० हजार ५०९ जना संक्रमित भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९४२ छ ।

संक्रमणदर अझै पनि २५ प्रतिशतको हाराहारीमा रहनु महामारी नियन्त्रणका हिसाबले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । महामारीको फैलावटको हिसाबले यो उच्च दर हो । दोस्रो लहरले सबैभन्दा बढी आक्रान्त रहेको छिमेकी भारतमा समेत संक्रमण दर ३ प्रतिशतभन्दा कम छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७