कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय लिन बोर्डको बैठक बस्दै


२३ श्रावण २०७८, शनिबार
exam board 1112

काठमाडौं, २३ साउन । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (शनिबार) बस्दै छ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि शुरु हुँदैछ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाबारे आज निर्णय हुने बोर्डले जनाएको छ । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७