जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग


२३ श्रावण २०७८, शनिबार
Jata shingh dhami

दार्चुला, २३ साउन । घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् ।

शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट रु ४१ हजार आर्थिक सहयोग जुटेको छ । बेपत्ता जयसिंहका भाई नरेन्द्रसिंहका अनुसार छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर रु १० हजार आर्थिक सहयोग गरेका छन् ।

यस्तै व्यास गाउँपालिकाले रु २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले रु पाँच हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले रु एक हजार आर्थिक सहयोग गरेका छन् ।

बेपत्ता जयसिंहका एक छोरा, एक छोरी र श्रीमती छन् । ‘छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले एक महिना पनि खान पुग्दैन’, हरकसिंहले भने । वैदेशिक रोजगारी खोज्न काठमाडौं जाने क्रममा जयसिंह तुईन तर्दा बेपत्ता भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७