माइती हिंडेकी महिला बाटैमा मृत्त फेला, भेजाइनल स्वाब र भिसेरा काठमाडौं पठाइयो


२३ श्रावण २०७८, शनिबार
baitadi dead woman

बैतडी, २३ साउन । बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षण लागि प्रयोगशाला पठाइएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयघातका कारण महिलाको मृत्यु भएको बताइएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही थिएन । साउन ७ गते घरबाट मेलौली–५ सेरीस्थित माइती जान लागेकी उनको माइतीघर नपुग्दै मृत अवस्थामा फेला परेकी हुन् । घरपरिवार तथा आफन्तले मृतक महिलाको दाहसंस्कार गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७