एसईईमा मनपरी नम्बर


२४ श्रावण २०७८, आईतवार
SEE

काठमाडौं, २४ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ ।
विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ ।

गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरुले ९ हजार ३१९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीस्पीए पाएका थिए ।

विद्यालययले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्याकंन नतिजा प्रकाशन तथा प्रमणीकरण कार्यविधि २०७८ जारी गरेको थियो ।

तर, विद्यालयहरुले कार्यविधिविपरित पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ काउर्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयर्मै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७