काठमाडौंसहित यी प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह


२४ श्रावण २०७८, आईतवार
rain

काठमाडौं, २४ साउन । आज (आइतबार) विहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ‘काठमाडौंलगायत केही स्थानमा आज सामान्य वर्षाको सम्भावना छ । तर, भारी वर्षाको सम्भावना भने आज दिउँसो कुनै पनि प्रदेशमा हुने छैन’, मौसमविद् मञ्जु बासीले भनिन् ।

उनका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र वागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७