कालीकोटमा निषेधाज्ञाको अवधि १० दिन लम्बियो


२४ श्रावण २०७८, आईतवार
lockdown

कालीकोट, २४ साउन । कालीकोटमा जारी निषेधाज्ञाको अवधि १० दिन लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७