एमालेको केन्द्रीय कमिटीको बैठक अचानक स्थगित


२४ श्रावण २०७८, आईतवार
amale

काठमाडौं, २४ साउन । आज (आइतबार) का लागि तय गरिएको एमालेको केन्द्रीय कमिटीको बैठक अचानक स्थगित भएको छ । केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आइताबरको केन्द्रीय कमिटी बैठक स्थगित गरेर सोमबारका लागि बोलाइएको बताए ।

सोमबार बिहान ११ बजे स्थायी कमिटीको बस्ने र ३ बजे केन्द्रीय कमिटी बस्नेछ । पार्टीको विवाद समाधानका विषयमा वरिष्ठ नेता माधव नेपाल समूह लचिलो भएपछि अध्यक्ष केपी ओलीले बैठक स्थागित गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७