पहिलो डोज कोभिशिल्ड लगाएकालाई सोमबारदेखि एस्ट्राजेनेका खोप दिइँदै


२४ श्रावण २०७८, आईतवार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, २४ साउन । सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप सोमबार र मंगलबार लगाइने भएको छ । त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने जनाइएको छ । कोभिडविरुद्धको एस्ट्राजेनेकाको खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाउन अनुरोध गरिएको छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई मात्र खोप प्रदान गरिने छ ।

सोहीअनुसार खोप अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत स्वास्थ्य कार्यालयले दिएको छ । खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानु पर्नेछ ।

covid khop 20210808060157

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७