जापानबाट आज तीन लाख ३० हजार डोज अस्ट्राजेनिका खोप आउँदै


२४ श्रावण २०७८, आईतवार
fkdmfkdgm1628401460

काठमाडौं, २४ साउन । जापानबाट आउने १६ लाख डोज कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमध्ये आज (आइतबार) तीन लाख ३१ हजार डोज नेपाल ल्याइँदैछ । आज दिउँसो कतार एयरको विमानबाट सो खोप नेपाल आइपुग्नेछ ।

जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाखमध्ये हिजो पाँच लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइपुगेको थियो । आज ल्याएर बाँकी रहेको खोप भने आउँदो साता ल्याइने बताइएको छ ।

भुटानबाट गएको शुक्रबार ल्याइएको दुई लाख ३० हजार र जापानबाट ल्याइने १६ लाख डोज अस्ट्राजेनेकाको खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यही साउन २५ गतेदेखि दोस्रो डोज दिने सरकारको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७